दमक फागुन १५ , झापाको दमकमा लामो समयदेखि सडक तथा फूटपाथमा बसेर लागुऔषध सेवन गर्दै आएका तीन जना बालकहरुलाइ सवाल नेपाल अनलाइन र लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको पहलमा दमक नगरपालिका र इलाका प्रहरी कार्यालय दमकले उद्धार गरेको छ ।
दमक ६ जेसिज चोक नजिकै सवाल नेपाल अनलाइनको कार्यालय अगाडि खाली ठाँउमा दिउसो १२ बजेतिर लागु औषध प्रयोग गरिरहेका बालकहरु देखिपछि उनिहरुको उद्धारका लागि सवाल नेपालका सम्पादक बिष्णुप्रसाद पोखरेल र प्रबन्धक केदारबाबु पौड्यालले शुरुवाती पहल गरेका थिए । त्यसमा लायन्स क्लवका अध्यक्ष रुद्र गौतमले साथ दिएका थिए । लागु औषध प्रयोग गरिरहेका दमक १३ का दूइ श्रेष्ठ दाजुभाइको बुबाको केहि बर्ष अघि मृत्यु भएको र आमा पनि अर्कैसंग विवाह गरेपछि साहारा विहिन भएको पाइएको थियो । अर्का दर्जी बालकको आमा विदेश गएको र बुबा मिस्त्रि काम गर्दै गरेको बताएका थिए । उनिहरु लागु औषधमा लठ्ठि रहेका थिए ।
लायन्स क्लव अफ माउण्ट एभरेष्ट र सवाल नेपाल अनलाइनको पहलमा उद्धारका लागि दमक नगरपालिका उपप्रमुख गिता अधिकारी उक्त स्थलमा नैे आएकी थिइन । त्यो समयमा पनि बालकहरु लागु औषध प्रयोग गरिरहेका थिए । नगर उपप्रमुख अधिकारीले उनिहरुको अवस्था देखेर भावुक बन्दै राख्ने ठाँउको खोजी गरेकी थिइन् । तत्काल लागि राख्न दमकमा नै रहेको हेप्पी नेपाल सुधार केन्द्र तयार भएपछि उठाएर उनिहरुलाइ त्यहि लगिएको थियो । उनिहरुको अवस्था अहिले सामान्य रहेको उपप्रमुख अधिकारीले जानकारी दिइन् । इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरी समेत उद्धार कार्यमा आएका थिए । दमकमा यस प्रकारका डेढ दर्जनभन्दा बढि बालबालिका रहेको गिरीले जनाए । उपप्रमुख अधिकारीले सबैलाइ ३ महिनाभित्रमा उद्धार गर्न योजनाका साथ लागि पर्ने बताइन् ।
३ जनालाइ सुधार गृहमा राखिएको र अरुलाइ पनि सुधार गृहमा राख्नका लागि आफूहरु सहयोग गर्न तयार रहेको लायन्स क्लव अफ माउण्ट एभरेष्टका अध्यक्ष गौतमले बताए । उनले अरु सामाजिक संघसंस्थाहरुसंग समन्वय गरेर यस्ता बालबालिकाहरुको उद्धार गरिने उनको भनाइ रहेको थियो । सडकमा रहेका ३ बालकहरुलाइ उद्धार कार्यमा दमक नगरपालिकाका सामाजिक शाखा प्रमुख डम्बर बराल, लायन्सकर्मीहरु चन्द्र गजमेर, मनोज अग्रवाल, बुद्धिशेखर भट्टराइ लगायतले तत्काल उद्धारमा सहयोग पर्याएका थिए ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- कतारका राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
- नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्ने सरकारको तयारी: प्रधानमन्त्री
- आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि प्रारम्भ
- कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डवीच आज द्विपक्षीय वार्ता हुँदै
- गण्डकी प्रदेश सरकार गठन प्रकरणको रिटमाथि आज पनि सुनवाइ हुँदैं
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान