शनिबार, बैशाख ८, २०८१

प्रम निवास वालुवाटारमा औपचारिक वाम एकताको नयाँ अध्याय कोरिदै

काठमाडौं फागुन ७, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताको नयाँ अध्यायका लागि पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आजको बैठकले पार्टी एकतालाइ अन्तिम रुप दिने दाबी नेताहरुले गरेका छन । यसअघि संयोजन समितिको मानभवन, लतिलपुरमा बसेको बैठकमा केही सैद्धान्तिक विषयमा मिलाउन बाँकी रहेको र त्यो अध्यायलाइ आजको बैठकले निष्कर्षमा रुपान्तरण गर्ने भन्दै नेताहरु बैठकमा जुटेको बताईएको छ ।

त्यस्तै दुई नेतावीच पार्टी एकताको मोडालिटीमा सहमति भएसकेकाले सहमति भएको मोडालिटीलाइ जारी संयोजन समितिको बैठकले अनुमोदन गरेलगत्तै एकताको औपचारिक घोषणा हुने दाबी गरिएको हो ।   बैठकमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहित नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा लगायतको उपस्थिती रहेको हाम्रा सहकर्मीले जनाएका छन ।