बिहिबार, बैशाख १३, २०८१

प्रम देउवाको नेतृत्वको मन्त्रिपरिषद्को अन्तिम बैठक :सरकारको प्रमुख कार्यभार सम्पन्न गर्न सफल भएको निष्कर्ष

 प्रधानमन्त्रीद्वारा राजीनामा

काठमाडौ फागुन ३,  प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको  मन्त्रिपरिषद् आज अन्तिम बैठकसंगै देउवाले आज नै देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो पदबाट राजीनामा दिनुहुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रम देउवाको नेतृत्वमा रहेको मन्त्रिपरिषद्को बैठकले सरकार सञ्चालनमा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दै संविधान कार्यान्वयन गर्ने प्रमुख कार्य स्थानीय निकाय तथा प्रदेश र  प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने सरकारको प्रमुख कार्यभार सम्पन्न गर्न सफल भएको उद्देश्य निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको मन्त्रिपरिषद्को अन्तिम बैठक लगत्तै देशवासीको नाममा सम्बोधन गर्दै प्रम देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो पदबाट राजीनामा दिनु भएको  हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।