बिहिबार, चैत्र १५, २०८०

प्रम ओली नेतृत्वको सरकार विस्तारका लागि सकसकावीच मन्त्रीहरुको नाम टुंगो लगाइदै

 काठमाडौं फागुन १४ , गत फागुन ३ गते मुलुकको प्रधानमन्त्रीमा नियुक्त हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।   पार्टी एकतामा सहमत नेकपा माओवादी केन्द्र र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्री दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा रहाु भएका प्रम ओलीले आइतवार प्रम निवासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हिजो भेटवार्ता समेत गर्दै केन्द्रको तर्फकाट मन्त्री बन्ने व्यक्तिमको नाम माग गर्नु भएको थियो ।

यसअघि केन्द्रमा १८ मन्त्रालय राख्ने र त्यसमा एमालेले प्रधानमन्त्रीसहित ११ र माओवादी केन्द्रले ७ मन्त्रालय लिने गरी भागबण्डागरे अनुरुप आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको हो ।  यसैवीच प्रम ओली नेतृत्वको सरकारमा जानका लागि एमाले र केन्द्रबाट समेत आकांक्षीको सख्या बढेपछि कोकसलाइ समेट्ने भन्ने सकसमा रहेको एमाले अध्यक्ष ओली र केन्द्रका अध्यक्ष प्रचण्ड रहेको बताइएको छ ।

यद्यपी केन्द्रले भने पार्टी नेता रामबहादुर थापाको नेतृत्वमा सरकामा  सहभागी हुने प्राय निश्तिच गरिसकेका छन भने बाँकी मन्त्री को छनौटको गृहकार्य भइरहेको बताईएको छ । त्यस्तै एमाले तर्फपनि छनौटमा जारी सकसका कारण अलमल भइरहेको बुझिएको छ । तर आज अपरान्हसम्ममा भने दुर्वै पार्टीले आ–आफ्नो पार्टीभित्र छलफल गरी अपराह्न मन्त्रीहरुको सपथ गराउने गर्दै गरेको थाहा भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।