बिहिबार, बैशाख ६, २०८१

पार्टी एकता अव केहि दिनभित्रै :प्रचण्ड

काठमाडौं फागुन ४,  माओवादी केन्द्रका प्रचण्डले आज एकीकृत अखिल नेपाल शिक्षक संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै एमालेसँगको पार्टी एकताले अवको केहि दिनभित्रै पूर्णता पाउँने बताउँनु भएको छ ।  पार्टी एकताको लागि घनिभूत छलफल भइरहेको जनाउ दिदै विवादका कारण एकतामा ढिलाइ नभएको प्याकेजमै सहमति गर्नका लागि समय लागेको उहाँको भनाइ रहेको थियो ।

सरकार गठन हुँदा माओवादी केन्द्रको तर्फबाट मन्त्रिमण्डलमा सहभागी नहुँदा विवाद यथावत रहेको जुन आशंका गरिएको छ त्यसमा कुनै सत्यता नभएको बताउँदै उहाँले जनताले अनुमोदन गरेको पार्टी एक्तालाइ कसैले रोक्न नसक्ने जिकिर बताउँनु भएको छ ।

साथै उहाले मुलुकको समग्र विकासका लागि शैक्षिक क्षेत्रमा आमूल परिवर्तनको जरुरी रहेको र यो जरुरी बाम सरकारले पूरा गर्ने उद्घोष समेत गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।