बिहिबार, चैत्र १५, २०८०

परिस्कार फर्माका सञ्चालक पक्राउ

 काठमाडौं फागुन १०, औषधि व्यवसायीको छाता संगठन थोक औषधि व्यवसायी संघले मेडिकियर अस्पताल चावाहिल आसपास रहेको तत्कालीन सुन्दरम फर्माबाट परिस्कार फर्मामा रुपान्तरण भएको खुद्रा औषधि व्यवसायका सञ्चालक विरुद्ध  कारवाहीको माग गर्दै महानगरीय प्रहरी परिसरमा दर्ता गरेको मुद्धाको कारवाही गर्दै प्रहरी प्रभाग गौशालाले सञ्चालक नारायणकाजी महर्जनलाइ पक्राउ गरेको छ ।

  थोक औषधि ब्यवसायीसंघका अध्यक्ष शिवराज वास्कोटाका अनुसार निजले व्यवसायीसंग कारोवार गरे वापटको वक्यौता रकम लामो समदेखि चुक्ता नगरी थोक व्यवसायिलाइ तनाव दिनुको अलावा पटक पटक सम्पर्क गर्दा समेत कुनै सुनवाइ नगरी वक्यौता रकम चुक्ता नगर्ने नियतकासाथ खातामा रकम नभएको चेक दिदै पछिल्लो समय अर्धमूमिगत रहेको निज महर्जन  विरूद्ध संघको अगुवाइमा महानगरीय प्रहरी परीसरमा वैकिङ कसुर तथा सजाय एेन २०६४ अन्तर्गत दर्ता गराईएको मुद्दा अन्र्तगत कारवाही लागि पक्राउ गरिएको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।