शुक्रबार, चैत्र १६, २०८०

नेपाली सिने जगतका द्वन्द्वनिर्देशक खड्गी पक्राउ

काठमाडौ माघ २५,  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कलाकार तथा चलचित्रका द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार द्वन्द्वनिर्देशक खड्गीले दक्षिण कोरियामा विभिन्न नाटक, वृत्तचित्र र चलचित्र बनाउने भनी कलाकारका नाममा विभिन्न व्यक्तिलाई पठाइ उतै लुक्न लगाउने गरेको आरोपमा आज ठमेलबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

  प्रहरीका अनुसार निर्देशक खड्गीले केहि दिनअघिमात्र ११ जना व्यक्तिलाई गैरकानुनीरुपमा दक्षिण कोरिया लगी छोडेको आरोपमा ब्यूरोले उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान कार्य गर्दैगरेको समाचारमा यल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।