शुक्रबार, चैत्र १६, २०८०

नेपालको क्यानडामाथि १ विकेटको सनसनीपूर्ण जित

काठमाडौ फागुन २ ,  क्यानडामाथि १ विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ । नामिबियामा जारी डिभिजन टुको समूह चरणको अन्तिम खेलमा क्यानडालाई हराउँदै विश्वकप छनोट खेल्ने भएको छ।

क्यानडाले दिएको १९५ रनको विजयी लक्ष्य बलर करन केसीको बिष्फोटक ब्याटिङले पुरा भएको हो। करन केसीले बिष्फोटक ब्याटिङ गर्दै ३१ बलमा ४२ रन बनाए। उनले असम्भव जस्तो खेललाई चार छक्का र तीन चौका हान्दै नेपाललाई विश्वकप खेल्ने अवसर दिलाएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।