शुक्रबार, चैत्र १६, २०८०

निर्वाचन खर्च उठाउन रैथाने धनाढ्‍य मन्त्री प्रधानले ५० लाखमा जात फाले

 काठमाडौ माघ  २८,   उपचार खर्चको नाममा सरकार छाड्ने  बेलामा नेपाल सरकारका रक्षा मन्त्री एवम् काठमाडौं निर्वाचन क्षेत्र न ६ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद् समेत रहेका काठमाडौं काँग्रेसका पूर्व सभापति भीमसेनदास प्रधानले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपचारका लागि ५० लाख लिने प्रस्ताव स्वीकृत गराएसंगै अहिले उनको सर्वत्र आलोचना सुरु भएको छ ।    कुनै  विस्वसनीय काारण र आधार विनानै  राज्यकोष दोहन गर्दै राजधानीका रैथाने करोडपतिको दर्जामा रहेका मन्त्री प्रधानले प्रदर्शन गरेको  यो चरित्रका  कारण  उहाँ     आलोचनाको पात्र बनेका हो ।

अझ रमाइलो कुरा त मन्त्री प्रधानले मन्त्रीपरिषदको बैठकमा आफुलाई उपचार खर्च वापत ५० लाख रुपैयाँ दिनुपर्ने प्रस्ताव गर्दै गर्दा  बैठकमा सहभागी अन्य मन्त्रीले एक आपसमा मुखामुख गर्दै यो मन्त्री प्रधानको सम्पन्न निर्वाचनको निर्वाचन खर्च उठाउने मेलोमेसो भएको भन्दै गिल्ला समेत गरेका थिए ।

स्मरण रहोस यसअघिको स्वच्छ छबिकै कारण वाम गठबन्धनको लहर भएको अवस्था पनि गत निर्वाचनमा काठमाडौंबाट निर्वाचित भएका प्रधानको प्रस्तुत हर्कत अहिले तिव्र आलोचना हुँदा समेत हग्नेलाइ भन्दा देख्नेलाइ लाज भने जस्तै मन्त्री प्रधानबाट कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।   त्यसो त उहाँले म्नत्री बन्दै गर्दा पेश गरेको सम्पति विवरण मात्र हेर्नेृ हो भने पनि उहाँ सम्पन्न मन्त्रीहो भन्ने प्रष्ट छ तर पनि किन यस्तो बदनियत चरित्र प्रदर्शन गरे भन्ने सवालमा आज चर्चा भइरहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।