बुधबार, बैशाख १२, २०८१

नातिबज्र बज्राचार्य विशेषांक विमोचित

 काठमाडौं फागुन ६, नःलि साहित्यिक मासिक पत्रिकाले नेपालभाषाका अग्रणी साहित्यकार नातिबज्र बज्राचार्यको सम्मानमा प्रकाशित नातिबज्र विशेषांक शनिवार एक कार्यक्रमकावीच विमोचन गर्दै साहित्यकार बज्राचार्यलाई दोसल्ला सम्मान सहिर्त सम्मानित गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि उपन्यासकार मथुरा सायमीले नातिबज्रले नेपालभाषाको साहित्य क्षेत्रमा तथा नेपालभाषामा प्रकाशित कृतिहरुको विक्रि वितरण र लेखन क्षेत्रमा निर्वाह गर्दै आएको भूमिका आफैमा महत्वपूर्ण रहेको बताउँनु भएको थियो ।

नःलि मासिकका सम्पादक नरेशविर शाक्यले नेपालभाषा साहित्य क्षेत्रमा व्यक्तिगत रुपमा हरेकले आ–आफ्नै तरिकाले सहयोग गरि रहेको भए पनि संस्थागत रुपमा सहयोग गर्न सक्ने संस्थाले सहयोग नगरेको नेपाल भाषा साहित्यक पत्रिकाहरु स्वच्छन्द रुपले चल्न नसकेकोमा गुनासो गर्नु भएको थियो ।