शुक्रबार, चैत्र १६, २०८०

नव नियुक्त प्रम ओलीको शपथ, प्रम ओलीद्दारा दुइ सदस्यीय म.प गठन

काठमाडौ फागुन ३, राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई नेपालको संविधानबमोजिम आज साँझ पद तथा गोपनीयताको शपथ गराएकी हुन् । राष्ट्रपति कार्यालयमा साँझ ५ बजे आयोजित विशेष कार्यक्रमकावीच ओलीले प्रमको शपथ लिनु भएको हो । सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वप्रधानमन्त्री, विभिन्न दलका नेता, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख एवं प्रंतिनिधिलगायतको सहभागीता रहेको थियो ।

यसैवीच नव नियुक्त प्रम ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डितलाई जनसङ्ख्या तथा वातावरण र राष्ट्रियसभाका सदस्य थममाया थापालाई महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीमा आज नियुक्त गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।