बिहिबार, बैशाख १३, २०८१

नकुहिने पलाष्टिक उत्पादन गर्ने कम्पनीलाई कारवाही : मन्त्री पण्डित

भक्तपुर फागुन १५ , जनसंख्या तथा वातावरण मन्त्री लाल बाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरुलाई प्रतिबन्ध लगाउने बताउनु भएको छ । रफत सञ्चार क्लबद्दारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्न लगायत अन्य बस्तुका सामान प्याकेजिङ गरिएका सामानमा प्रतिबन्ध लगाउने र नकुहिने प्लाष्टिक कम्पनीलाई उत्पादन प्रतिबन्ध गर्ने बताउनु भएको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बाहिर गएर आयत गरिएका सामानहरुमा समेत प्रतिबन्ध लगाउने तयारी भईरहेको भन्दै अव आयत हुने सामानको ल्याव परिक्षण गरि तोकिएको मापदण्ड अनुरुप मात्र नेपाल भित्रने उहाँको दावी छ । उहाँले बैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर हुनेले मात्र सवारी सञ्चालनमा ल्याउन पाउने बताउँनु भयो । हरियो स्टिकर टालेको सवारी साधन समेत प्रदुषणमय भेटिएको भन्दै अव त्यस्ता सवारी साधन परिक्षण गर्ने कर्मचारीको नाम समेत उल्लेख हुने र प्रदुषणयुक्त फेला परेमा सवारी धनी र कर्मचारीलाई समेत कारवाही गरिने हुने बताउनु भयो ।

  बिश्वकै पाँचौ फोहर राजधानीका रुपमा परिचित काठमाडौलाई अवको एक बर्षमा माक्समाण्डुबाट काठमाडौ बनाउने तर्फ अग्रसर रहेको बताउँदै उहाँले हाल उपत्यका भित्र २०, ४० रुपैयाँँमा प्रयोग भईरहेको माक्स मनको सन्तुष्टिका लागि मात्र प्रयोग भईरहेको र उपत्यकाको वातावरण अनुुसार न्यूनतम २५ सय देखि ३ हजार रुपैयाँको माक्स आवश्यकता रहेको समेत बताउनु भयो । त्यस्तै एक स्थानमा उद्योग दर्ता गर्दै अर्को स्थानमा उद्योग सञ्चालन गरि वातावरण बिग्र्रानेलाई कारवाहीको दायरमा ल्याउँदै वातावरण मैत्री उद्योगको बिकास तर्फ लाग्ने बताउनु भयो ।  सञ्चारकर्मीहरुको जिज्ञासालाई पूणता दिँदै उहाँले मन्त्री मण्डलको बिस्तार ढिलाई हुनुमा थोरै मन्त्रालय र धेरै आकांक्षीहरु रहेकाले अब हप्तादिनसम्ममा मन्त्री मण्डलले पूर्णता पाउने बताउनु भयो ।  सरकारमा समाजवादी फोरमको समेत सहभागी हुने बताउँदै तत्कालै संबिधान संशोेधन नभए पनि समयको आवश्यकता अनुसार संसोधनको प्रक्रिया अघि बढ्न सक्ने उहाँको टिप्पणी थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।