शुक्रबार, चैत्र १६, २०८०

दोश्रो मिस नेवाः आइकन २०१८ हुने

शरण डंगोल/माघ १८,   रेक्स फेसन होमले मिस नेवाः आइकनको दोश्रो संस्करण आयोजना गर्ने भएको छ । आगामी चैत १० गते राजधानीको आर्मी अफिसर्स क्लबमा आयोजना गरिने प्रस्तुत प्रतियोगिताको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रेक्स फेसन होमका प्रबन्ध निर्देशक खगेश रञ्जीतले मुलत नेवारी समुदायका युवतीहरुको नेतृत्व विकास संगसंगै प्रतिभा उजागर गर्नु रहेका जनाउ दिएका छन ।

त्यस्तै प्रवन्ध निर्देशक रञ्जीतले अन्तिम प्रतिस्पर्धामा प्रथम हुनेलाई रु. ३० हजार नगद साथै ७ तोलाको चाँदीको ताज पुरस्कारका साथै मिस नेवाः आइकन २०१८ उपाधि विजेतालाई एअर होस्टेस तालिम , जुम्बा, जिम, फिजिकल फिटनेस आदि निःशुल्क उपलब्ध गराइने बताए । साथै दोश्रो र तेश्रो प्रतियोगिलाइ क्रमस . २० हजार नगदसहित ४ तोलाको चाँदीको तार्ज रु. १० हजारसहित ३ तोलाको चाँदीको ताज पुरस्कार दिइने जानकारी सहित प्रतियोगीताका अन्य विद्यागत बिजेता प्रत्येकलाई रु. ५ हजार पुरस्कार दिइने बताईएको छ ।

प्रतियोगीताका लागी आवश्यक मापदण्डअन्र्तगत एसईई पास भइसकेका १६ देखि २४ वर्षसम्मका नेवार समुदायका युवतीहरुले आफ्नो नाम दर्ता गराउनसक्ने र उपत्यकाभित्रकाले माघ २७ गतेसम्म र उपत्यका बाहिरकाले फागुन ४ गतेसम्म नाम दर्ता गराउने सक्ने आयोजकले जनाएको छ । त्यसैगरी उपत्यका भित्रका प्रतिस्पर्धीको माघ २८ गते र बाहिरका प्रतिस्पर्धीको फागुन ५ गते अडिसन हुनेछ । अडिसनबाट छनौटमा परेकालाई दक्ष प्रशिक्षकहरुबाट विभिन्न प्रशिक्षण दिइ अन्तिम प्रतिस्पर्धाको लागि तयार गरिनेछ । उपत्यका बाहिरका सहभागीहरुको लागी लजिङ र फुडिङमा ५० प्रतिशत खर्च आयोजकले व्यहोर्ने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।