शुक्रबार, बैशाख १४, २०८१

त्रिशुलीमा जीप दुर्घटना ,सिँचाइका सचिव सहित ३ बेपत्ता

 काठमाडौं माघ २७,   नेपाल सरकारका सिँचाइमन्त्रालयका सचिव रामानन्द यादव उहाँका छोरा सन्जय यादव र उनका आफन्त १५ वर्षीया उन्नति गुप्ता बेपत्ता  सवार चढेको बा २ झ ३१४० नं को जीप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट आज बिहान त्रिशूली नदीमा बेपत्ता भएका छन् ।

स्थानीय प्रहरीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भएअनुसार नारायणघाटबाट काठमाडौतर्फ आउँदै गरेको उक्त जिपमा जीप बिहान त्रिशूली नदीमा खसेको बताईएको छ । त्यस्तै जीप दुर्घटनामा   जीप चालक निराजन यादव भने घाइते भएको उल्लेख गर्दै गाडी र बेपत्ता भएका सचिवसहितको यात्रुको खोजी भइरहेको बताईएको  छ । त्यस्तै चालकलाई उद्धार गरी उपचारका लागि काठमाडौ पठाइएको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।