५० लाखमा रत्नमेमोरियल सभाहल
बिर्तामोड फागुन १६ वाल्मीकि एजुकेशन फाउण्डेसनद्वारा वर्ष उत्कृष्ट शिक्षकको रुपमा यस वर्ष पियुष ढुङ्गेल सम्मानित भएका छन् । उनलाई नगद १० हजार र सम्मान पत्र सहित सम्मान गरिएको थियो । विद्यालयले प्रत्येक वर्ष एक जना शिक्षकलाई कार्यदक्षताको आधारमा वर्ष उत्कृष्ट शिक्षकका रुपमा सम्मान गर्ने गरेको हो ।
त्यस्तै सोहि कार्यक्रममा विद्यालयीय गतिविधिमा उत्कृष्ट एक विद्यार्थीलाईसमेत सम्मान गर्ने परम्परा अनुसार यस वर्ष कक्षा ९ मा अध्ययनरत छात्रा सविना राईलाई सम्मान पत्र र ट्रफीद्वारा सम्मानित गरिएको थियो । उनीहरुलाई शिक्षा सेवाी गोपालकुमार वस्नेत , विद्यालयका निर्देशक आनन्दकुमार वस्नेतले सम्मान गरेका थिए ।
यसैबीच विद्यालयले आयोजना गर्ने हरेक कार्यक्रमलाई व्यवस्थित र सहजता पूर्वक सम्पन्न गर्ने उद्देश्यले निर्माण गरिएको रत्न मेमोरियल सभाहलको उद्घाटन गरिएको छ । एक हजार जना अट्न सक्ने क्षमताको सभाहल ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको निर्देशक वस्नेतले बताए । भवन ५ हजार वर्ग फिटमा रहेको उद्घाटन समारोहमा जानकारी दिइयो । भवनको उद्घाटन प्रदेशसभा सदस्य एकराज कार्की र कांँग्रेस नेता देउमान थेवेले संयुक्त रुपमा गरेका थिए ।
भवनको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद कार्कीले मुलुक संघीय संरचनामा गएसँगै शिक्षमा अन्योलता थपिएको बताए । पछिल्लो समयमा परीक्षाको वर्गीकरणले विद्यार्थीमा थप समस्या उब्जाएको छ भन्दै उनले भने– उक्त अन्योललाई चिर्न आफ्नो भूमिका रहने बताउँदै अबको शिक्षालाई नितान्त व्यवहारिक बनाउन ा्नो ठाँउबाट सहयोग गर्ने बताउँनु भएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै कांग्रेस नेता थेवेले वाल्मीकि एजुकेशन फाउण्डेशन सिङ्गो मेची अञ्चलको जिम्मेवारी वहन गर्न सक्ने विद्यालय भएको चर्चा गर्दै देशको मेरुदण्ड नै शिक्षा भएको जिकिर सहित विद्यालयले किताबी ज्ञानसंगै विद्यार्थीमा बाहिर ज्ञान आर्जन गराउन अब्बल भएको बताउनु भएको थियो । यता बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख युवराज पाण्डे, श्रोत व्यक्ति केशर खवास लगायतले सबैको रोजाइमा परेको वाल्मीकिले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदानका लागि महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनीहरुले प्रदेशिक संरचना अनुसार विद्यालयको थप शैक्षिक गुणस्तर उकास्न आफूहरुको भरपूर सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरे ।
फाउन्डेसनका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षता एवम् समपन्न विद्यालयका संरक्षक टुङ्गवहादुर बस्नेत, बिर्तामोड – १ का वडाध्यक्ष अग्नि पाण्डे , ३ का वडा अध्यक्ष भोजराज सिटौला लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक , पौराणिक, जातीय झाँकी सहित मनोरञ्जनात्कम कार्यक्रम प्रस्तुत गरेका थिए । उनीहरुले राई, लिम्बू , मगर, राजवंशी , सन्थाल, आर्य समुदायको समुदायको संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए । विद्यार्थीले प्रस्तुत गरेको ताण्डव नृत्यले सबैको ध्यान खिचेको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता
- कतारका राजा थानी शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु
- कतारका राजा नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत
- जर्मनीको फ्रयान्कफर्टमा रन्जुको एकल चित्रकला प्रर्दशनी
- विकास र समृद्धिका लागि निजी क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गरौँ प्रधानमन्त्री
- राष्ट्रपति पौडेलले कतारका राजा थानीको स्वागत गर्ने, यस्तो छ भ्रमण तालिका
- आज १८ औँ लोकतन्त्र दिवस मनाइँदै
- आज बालाजु २२ धारा मेला र हनुमान जयन्ती मनाइदैँ
- नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पेस गर्ने सरकारको निर्णय
- राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न मन्त्रालयको कडा निर्देशन
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान