बुधबार, बैशाख १२, २०८१

जनयुद्ध को २३ औँ वार्षिकोत्सव देशव्यापी रुपमा मनाउने वाइसिएलको निर्णय

काठमाडौ माघ १८,  माओवादी केन्द्रको सहायक संगठन वाइसिएलले  आगामी फागुन १ गते ‘जनयुद्ध’ को २३ औँ वार्षिकोत्सवलाई देशव्यापी रुपमा मनाउने निर्णय गरेको छ । महान जनयुद्ध’ को २३ औँ वार्षिकोत्स मनाऔं , युवा नेतृत्वको विकास सहित बाम गठबन्धनलाइ पार्टी एकतामा बदलौ भन्ने मुल नारा सहित २३ औँ वार्षिकोत्स मनाइने अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुवोधराज शेर्पालीद्दारा अस्ताक्षरित जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

 त्यस्तै विज्ञप्तिमा जनयुद्ध दिवस मनाउनका लागि इटहरीमा पूर्ण भुजेल, पर्सामा लालेन्द्रकुमार मण्डल, काठमाडौँमा ज्ञानबहादुर गुरुङ, चितवनमा केहरसिंह कुँवर, कास्कीमा विनय थापा, रुपन्देहीमा गंगा कार्की, दाङमा गणेश शाही, बाँकेमा रतन शाही, सुर्खेतमा गगनबहादुर मल्ल र कैलालीका लागि सुरज सिंहलाई संयोजक तोकेको समेत उल्लेख गर्दै जनयुद्ध दिवसका दिन पार्टी मुख्यालयमा आयोजना गरिने कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओली लगायतका शिर्ष नेतालाइ आमन्त्रण गरिने र एकता प्रक्रियालाई सार्थक निष्कर्षमा रुपान्तरण गर्न आग्रह गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।