शुक्रबार, बैशाख ७, २०८१

चौथो संस्करणको माइभ्याली गोल्डकप बैशाख ६ गतेबाट

  •  नमीन ढकाल

 इलाम माघ २३,   पुर्वी पहाडको सर्वाधिक पुरस्कार राशीको माइभ्याली गोल्डकपको चौथो संस्करण बैशाख ६ गतेबाट हुने भएको छ । आयोजक माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघ इलामले चैत्र १४ गतेबाट प्रतियोगिता आयोजनाको तयारी गरेका थिए । तर चैत्र १४ गतेबाटै अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कार्यक्रम तय भएकाले २०७५ बैशाख ६ गतेबाट १५ गतेसम्म संचालन गर्नका निम्ती एन्फाले माघ १५ गते पत्र पठाएपछि प्रतियोगिता सार्नु परेको माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले जानकारी दिनुभएको छ ।

यस अघि पहिलो संस्करण र दोश्रो संस्करण माघमा संचालन भएकोमा तेश्रो संस्करण खेलमैदान स्तरोन्नती र मौसमका कारण चैत्र १७ गतेबाट संचालनमा आएको थियो ।  चौथो संस्करणको लागी पुरस्कार राशी बढाउदै बिजेतालाई ५ लाख र उपबिजेतालाई ३ लाख रूपैया दिने लक्ष्य राखिएको चेम्जोङले बताए । तेश्रो संस्करणका बिजेताले नगद ४ लाख र उपबिजेताले नगद २ लाख ५० हजार प्राप्त गरेको थियो । गोल्डकपको पाँचौ संस्करण भने २०७५ चैत्रमा नै संचालन गर्ने आयोजक समितिले बताएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031