शनिबार, बैशाख ८, २०८१

गायक श्रेष्ठको मुटु चोरी लाने सार्वजनिक

काठमाडौ फागुन १६ , थोरै तर अर्थपूर्ण र सार्थक गीत गाउँदै आएका गायक सुमनकुमार श्रेष्ठको नयाँ गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।  बिहानी र बिहानी २ नामका दुई एकल अडियो गिती एलबम बजारमा ल्याईसकेका गायक सुमनकुमारको प्रकाशोन्मुख अर्को एलबम बिहानी ३ मा संगृहित मुटु चोरी लाने मायालाई बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो।

डा राजुबाबु श्रेष्ठको शव्द रचना र राजु सिंहको संगीतमा छन्। विन्ध्यवासिनी म्युजिक कम्पनी प्रालि अडियो उत्पादक र वितरक रहेको एलबमको यो गीत एरेन्जमेन्ट फणिन्द्र राईको रहेको छ भने रेकर्डिङ र मिक्सिङ किशोर थापाले गरेका छन्।  त्यस्तै म्युजिक भिडियोमा मोडल आकाश श्रेष्ठ र नायिका स्वस्तीमा खड्काले अभिनय गरेका छन्। राजिव समिरको कोरियोग्राफी रहेको भिडियोका छायांकन धिरजजंग शाह र सम्पादन प्रकाश तुलाधरले गरेका छन्।

 त्यस्तै दुई दशक लामो सांगितीक यात्राका दौरान सुगम संगीतको क्षेत्रमा श्रेष्ठ साबित गायक सुमनकुमारले बिहानी ३ मा रोमान्टिक, राष्ट्रिय, सेन्टिमेन्टल, सेमी क्लासिकल र कलासिकल गीतको समिश्रणका रुपमा आउने बताए ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।