शुक्रबार, चैत्र १६, २०८०

गणतन्रको अचानोमा

-किरन कार्जित- 

वाह ! हजुर !!
गणतन्रको अचानोमा, खुकुरी क्या चलायौ हजुर ।
विकाश आफ्नो पेवासरी ।
धाक क्या देखायौ हजुर ।
सपना मिठो बाँडिबाँडी ।

जनतालाइ क्या छकायौ हजुर ।
गरिवीको झुलामाथि , देशलाइ क्या झुलायौ हजुर ।
गाउँमा बति छैन ,  घर क्या झल्मल पार्यौ हजुर ।
मन्दिर मन्दिर मूर्ति मात्र ,  आफ्नै शक्ति बढायौ हजुर ।
बिश्वाश बाँड्रने हर पल्लवीलाई , रेटि क्या जलायौ हजुर ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।