शुक्रबार, चैत्र १६, २०८०

गएराती राजधानीमा आगलागी, १ को मृत्यु

काठमाडौ फागुन ५,  राजधानीको कामपा वडा नं. २१ लगनटोल स्थित एक घरमा गएराती आगलागी हुँदा एक जनाको  जलेर मृत्यु भएको छ ।  प्राप्त जानकारी अनुसार अमृत रञ्जितको घरमा भएको आगलागीमा परेर सोही घरमा डेरा गरी बस्ने ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भएको छ भने श्रेष्ठका छोरा प्रविण श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ ।

मध्यराति रञ्जितको घरमा आगलागी भएपछि काठमाडौं, ललितपुर र भक्तपुरका दमकल तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आज बिहान मात्र आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीको कारण सम्बन्धमा प्रहरीले अनुसन्धान जारी  राखेको बताएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।