शुक्रबार, चैत्र १६, २०८०

काँग्रेस सांसदहरुको भेला : संशोधन सहित संसदीय दलको विधान प्रस्ताव प्रस्तुत

  काठमाडौ फागुन १२,   बैठकमा काँग्रेसको प्रस्तावित संसदीय दलको विधानलाई परिमार्जनसहित पारित गर्न नेता तथा सांसदहरुसँग परामर्श गर्दै विधानको संशोधन प्रस्ताव पेश गरिएको र प्रस्तुत संशोधन प्रस्ताव उपर अहिले नेता तथा सासंदहरुले आआफ्नो धारणा अभिव्यक्त गर्ने चलिरहेको छ । छदफल पछि प्रस्तुत प्रस्ताव पारित गरिने नेताहरुले जानकारी दिएको छ ।

त्यस्तै बैठकमा सहभागी नेताहरुका अनुसार पार्टीको नयाँ विधान तय भएपछिमात्र संसदीय दलको निर्वाचन गर्नुपर्ने भएकाले आजको बैठकले संशोधन प्रस्ताव सहितको नयाँ विधान पारित गर्ने र आइतबार बस्ने केन्द्रीय समितिले अनुमोदन गर्दै संसदीय दलको निर्वाचन लगायतका प्रक्रियागत कामकारवाही गर्ने काँग्रेसको तयारी रहेको बुझिएको छ ।

यसैवीच बैठकलाइ सम्बोधन गर्दै पार्टीको तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा निर्वाचित सबैलाइ बधाइ त्रापन गर्नु भएको थियो भने वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला लगायतका बैठकमा बोल्ने अधिकांश नेताले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई अगाडि बढाउने क्रममा दुवै सदनमा काँग्रेसले सशक्त भूमिका निर्वाह गर्ने दृढता व्यक्त गर्नु भएको थियो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।