शुक्रबार, चैत्र १६, २०८०

काँग्रेस संसदीय दलको विधान परिमार्जनसहित पारित

अनुमोदनको लागि केन्द्रीय समितिमा प्रस्तुत गरिने,
ओली नेतृत्वको सरकारलाई चूनौति दिनेगरि छायाँ सरकार सञ्चालन गर्ने 


काठमाडौ फागुन १२,  नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकलेले संघीय संसदीय दलमा पेश भएको विधानलाई परिमार्जनसहित पारित गरेको छ ।  बंठकमा काँग्रेस नेता डा मीनेन्द्र रिजालले प्रस्तुत गर्नुभएको विधानको संशोधन प्रस्तावलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउन सिफारिस गर्ने निर्णय गरेको हो ।  त्यस्तै बैठकले ओली नेतृत्वको सरकारलाई चूनौति दिनेगरि छायाँ सरकार सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

काँग्रेको उक्त संसोधन सहित पारित गरिएको विधानलाई आइतबारदेखि शुरु हुने केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेपछि दलको नेता चयन प्रक्रिया शुरु हुने काँग्रेसले जनाएको छ । त्यस्तै काँग्रेसले संसदीय दलका नेता चयनका लागि सर्वसम्मत्को प्रयास गर्ने र प्रयास सफल नभए नभए निर्वाचनमार्फत दलको नेता छान्ने तयारी गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।