बुधबार, बैशाख १२, २०८१

एमाले स्थायी समितिको बैठक : पार्टीको तर्फबाट मन्त्री बन्ने व्यक्तिको छनौट अध्यक्ष ओलीले गर्ने

काठमाडौ फागुन ११,   नेकपा एमालेलेको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी समिति बैठकले पार्टीको तर्फबाट सरकारमा सहभागी बन्ने व्यक्तिको चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई दिएको छ ।

पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भएअनुसार बैठकले एमाले र माओवादी केन्द्रवीचको एकताका लागि गत फागुन ७ गते भएको सात बुँदे सम्झौता पार्टी एकीकरणको सकारात्मक आधार भएको भन्दै अनुमोदन गर्नुको अलावा

मन्त्रिमण्डल विस्तार गर्ने क्रममा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टीसहित पार्टीभित्रका नेतासँग समेत छलफल गरेर मन्त्री चयन गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई दिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।