शनिबार, बैशाख ८, २०८१

एमआरपी भन्दा पनि कम मुल्यमा औषधि विक्री प्रकरणको यर्थाथता छानवीन हुनुपर्छ : पीडान

 सेवा भाव नै हो भने न्यूनतम लागतमा नभइ नि:शुल्क वितरण गर्न हितकर हुने पीडानको जिकिर 

  नाफामूलक नभई सेवाभावले आफुले न्युनतम मुल्यमा औषधी उपलब्ध गराउदा औषधी व्यवसाय जगतका माफियाहरु सल्वलाएको फार्मेसीका सञ्चालक पवन सहनीको भनाइ  

 काठमाडौं माघ १९ , जनकपुरस्थित राम्स पब्लिक फार्मेसी प्रालीले उपभोक्तालाई लागत मुल्य भन्दा न्युनतम मुल्यमा औषधी उपलब्ध गराउन थालेपछि स्थानीय अन्य फार्मेसीले व्यवसायीक अराजकता भएको भन्दै तिव्र विरोध गरेको छन ।  जनकपुरको बाह्रविघा मैदानको दक्षिणपट्टी खोलिएको राम्स पब्लिक फार्मेसी प्रालीले सेवा भावले आर्थिक अभावको पिडामा परेका स्थानीयलाइ कम फाइदा लिएर न्युनतम मुल्यमा औषधी वेचिरहेको जनाउ दिदै फार्मेसीले एमआरपी मुल्य भन्दा पनि कम मुल्यमा औषधि वेचविखन गर्न थालेपछि एकातर्फ अञ्चल औषधी व्यवसायी संघ सहित जनकपुरका औषधि व्यवसायी आन्दोलित भएका छन भने अर्कोतर्फ स्थानीय जनता राम्स पब्लिक फार्मेसीको काम कारवाहीलाइ निरन्तरता दिनुपर्ने माग सहित थप आन्दोलित भएका छन । 

 अञ्चल औषधी व्यवसायी संघले न्युनतम मुल्यमा औषधीको विक्री वितरण संगै निशुल्क चिकित्सक सेवा समेत सञ्चालन गर्दै आएका राम्स पब्लिक फार्मेसीलाई एमआरपी मुल्यमा ने औषधी वेच्नुपर्नेै दवाव दिइरहेका छन भने फार्मेसीका सञ्चालक पवन सहनीले भने नाफामूलक नभई सेवाभावले आफुले न्युनतम मुल्यमा औषधी उपलब्ध  गराउदा औषधी व्यवसाय जगतका माफियाहरु सल्वलाएको जनाउ दिएको हाम्रा स्थानीय सहकर्मीले जनाउँदै फार्मेसीले अहिले बेचिरहेको औषधी अरु पसल भन्दा पचास देखि सय रुपैया बढि सस्तो रहेको बताएको छ ।

यसैवीच थोक औषधि व्यवसायीहरुको छाता संगठन पीडानले आज एक विज्ञप्ति जारी गर्दै जकपुरमा देखिएको औषधि व्यवसायीवीचको समस्या प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।   संघका अध्यक्ष शिवराज वास्कोटाले जारी गर्नु भएको उक्त विज्ञप्तिमा सेवा भावले उपभोक्तालाइ न्यूनतम लागतमा औषधी विक्री तिरण गराउँनु आफैमा सकारात्मक पक्ष भए पनि व्यवासयिक अराजकतालाइ प्रशय दिने मनशायबाट उत्प्रेरित हुँदै बजारशास्त्रको बर्खिलाप गरिने वा हुने कुनैपनि कामकारवाही संघको लागि स्वीकार्य नहुने बताएको छ ।  त्यस्तै विज्ञप्तिमा सेवा भावको नाममा एमआरपी मुल्य भन्दा पनि कम मुल्यमा औषधि विक्रीवितरण प्रकरणको यर्थाथता केहो सो को अविलम्ब  छानवीन गर्न राज्यको सरोकारवाला निकायको ध्यानाकर्षण गराएको  छ ।

त्यस्तै संघसस्थाले आयोजना गर्ने स्वास्थ्य शिविरमा वाहेक फार्मेसीबार्ट एमआरपी मुल्य भन्दा पनि कम मुल्यमा औषधि विक्री वितरण गर्नु किमार्थ  न्योचित मान्न नसिकने भन्दै औषधि व्यवसायको साख गिर्ने काम कहि कतैबाट पनि नर्गन आव्हान गर्नुको अलावा यदि सेवा भाव नै हो भने न्यूनतम लागतमा नभइ नि: शुल्क वितरण गर्न हितकर हुने उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।