शुक्रबार, चैत्र १६, २०८०

इच्छाविपरीत रङ र लोला हान्नेलाई कारबाही

राजधानीको सुरक्षा व्यवस्था चुस्त बनाइ राख्नका लागि सूचनादाता समूह गठन

 काठमाडौं फागुन १३ , आन्नि फागु पर्वको नाममा कसैको  इच्छाविपरीत रङ खेल्ने र लोला हान्ने काम गरेमा तत्काल कारबाही हुने महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ । परिसरले आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले १७ गते मनाइने फागुलाई लक्षित गर्दै विशेष सुरक्षा योजना तयार गरिएको जनाउ दिदै यदि कोही कसैले बलजफ्ती गरे तत्काल प्रहरीलाई खबर गर्न यस्तो जानकारी दिनु भएको हो ।  त्यस्तै होलीमा ट्राफिक नियम उल्लंघन गर्ने तथा सामाजिक आचरण विपरीतका क्रियाकलाप तथा झै–झगडा रोक्न प्रहरीको विभिन्न स्थानमा प्रहरी टोली परिचालन गरिने बताउँदै पर्वको नाममा ट्राफिक नियम उल्लंघन नर्गन समेत भनेको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा उहाँले राजधानीको सुरक्षा व्यवस्था चुस्त बनाइ राख्नका लागि सूचनादाता समूह गठन गरेको समेत जानकारी दिनु भएको छ । सर्वसाधारणको सहभागितामा गठन गरिएको यस समुहमा २सय जना सर्वसाधारण सूचनादाताको रुपमा क्रियाशील हुने बताउँनु भएको छ ।

सूचना दाताको मुलत काम भनेको प्रहरीको गतिविधिदेखि स्थानीय तहमा हुने आपराधिक गतिविधिबारे गोप्यरुपमा प्रहरीलाई सूचना दिने रहेको   र त्यसरी सूचना पदनेको नाम गोप्य राखिने र उनीहरुले दिएको सूचनाका आधारमा काम कारबाही अघि बढाइने उहाँको जिकिर रहेको   थियो ।  साथै यसको लागि विभिन्न क्षेत्रमा कार्यरत करिब २सय युवाको समूहले स्वयंसेवकका रुपमा अपराध नियन्त्रका लागि सहयोग गर्न अभिव्यक्त गरेको प्रतिबद्धता अनुरुप उनीहरुसँग सम्झौता प्रक्रिया अगाडि बढेको जानकारी दिनु भएको छ ।

 यसैवीच जिल्ला प्रशासन कार्यालयले पनि परम्परा देखि चलि आएको फागुपूर्णिमा आगामी फागुन १७ गते बिहिबार मनाइने र उक्त पर्वलाइ  मर्यादित, सरल र शान्तिपूर्ण वातावरणमा मनाउन हुन सबैमा हार्दिक अनुरोध गरिएको छ । साथै जारी सूचनामा  कसैलाई स्वीकृत बेगर जबरजस्ती रङ्ग, लोला तथा अन्य यस्तै किसिमका पदार्थ हान्ने वा प्रयोग गर्ने कार्य कानूनले निषेध गरेको हुँदा कोही कसैले यस्तो कार्य गरे/ गराएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने जनाएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।