शुक्रबार, बैशाख १४, २०८१

आयोगले सोमवार दोस्रो निर्वाचन दिवस मनाउँने

काठमाडौ फागुन ६,  निर्वाचन आयोगले दोस्रो निर्वाचन दिवसलाई भव्यताका साथ मनाउने भएको छ । त्रिदिवसीय कार्यक्रम अन्र्तगत आयोगले सोमवार अर्थात फागुन ७ गते विभिन्न कार्यक्रम सहित दोस्रो निर्वाचन दिवस मनाउने आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 त्यस्तै विज्ञप्तिमा त्रिदिवसीय कार्यक्रम अन्र्तगत शुक्रबार आयोग परिसरमा आयोजित रक्तदान कार्यक्रमको आयोजना गरिएको त्यस्तै दोस्रो दिन अर्थात आज प्रभातफेरि र अन्तरक्रियात्मक कार्यक्रमको आयोजना र सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विविध कार्यक्रमको आयोजना गरिन आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो पनि

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।