बुधबार, बैशाख १२, २०८१

आयोगले बुझायो राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम

काठमाडौ माघ २८, निर्वाचन आयोगले आज राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम बुझाएको छ ।  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने ३ जनाबाहेक अरु ५६ जनाको निर्वाचित नाम आयोगले राष्ट्रपति समक्ष पेश गरेको हो । त्यस्तै आयोगले ढिलोमा फागुन ५ गतेभित्र प्रतिनिधिसभाको पनि अन्तिम निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी भएको जनाएको छ ।

राष्ट्रियसभाको निर्वाचनसँगै राजनीतिक दलले संघीय संसदमा पुर्‍याउनुपर्ने ३३ प्रतिशत महिलाको कोटा निर्धारण भइसकेकाले निर्वाचन परिणाम बुझाउन समस्या नभएको जनाउँदै आयोगले समानुपातिकतर्फ निर्वाचित परिणाम समेत दलहरुबाट प्राप्त भएलगत्तै सोमबार साँझ वा मंगलवार अन्तिम परिणाम बुझाउने तयारी गरेको जनाएको छ । आयोगले प्रतिनिधिसभाका निर्वाचितहरुको अन्तिम परिणाम बुझाएसँगै नयाँ सरकार गठनको बाटो पनि खुल्नेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।