शनिबार, बैशाख ८, २०८१

आयोगद्दारा राष्ट्र्पतिलाइ प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक निर्वाचनको नतिजा  बुझायो 

काठमाडौ फागुन २,  निर्वाचन आयोगले गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ ।  आज साँझ राष्ट्रपति कार्यालयमा आयोगका प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीको टोलीले निर्वाचनको प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० विजयी उम्मेदवारको नामसहितको प्रतिवेदन बुझाएको हो ।

त्यस अवसरमा प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले निर्वाचन स्वतन्त्र, स्वच्छ र शान्तिपूर्ण वातावरणमा सम्पन्न गरेकामा आयोगका पदाधिकारीलाई धन्यवाद ज्ञापन गर्नुको थियो । पदाधिकारी टोलीमा निर्वाचन आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा अयोगका सचिव बेगेन्द्र शर्मा पौड्याललगायतको उपस्थिती रहेको राष्ट्रपति कार्यालयद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।