शुक्रबार, चैत्र १६, २०८०

आयोगद्दारा राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक

काठमाडौ माघ २६,  निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन आगामी आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्ने भएको छ ।

आयोगले आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रियसभा सदस्यमा राजनीतिक दलले प्राप्त गरेको सिट संख्या लगायतका औपचारिक जानकारी दिँदै यस्तो जानकारी दिनु भएको हो ।

पत्रकार सम्मेलनमा आयोगले राष्ट्रियसभा सदस्यमा २१ महिला र ३५ जना पुरुष निर्वाचित ुभएको जनाउँदै समग्रमा राष्ट्रियसभा सदस्यमा नेकपा एमाले २७, नेपाली काँग्रेस १३, नेकपा माओवादी केन्द्र १२, राष्ट्रिय जनता पार्टी दुई र संघीय समाजवादी पार्टी नेपाललका २ जना उम्मेदवार निर्वाचित ुभएको जनाउँद ५९ सदस्यीय राष्ट्रियसभामा बाँकी ३ सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।