बिहिबार, असार २३, २०७९

माथिल्लो सदनका सदस्यलाइ भट्टले र तल्लो सदनका सदस्यलाइ ज्येष्ठ सदस्य यादवले शपथ गराउने

काठमाडौ फागुन १४ , आगामी फागुन २० गते हुने संसद्का नवनिर्वाचित सदस्यको शपथ ग्रहण अन्र्तगत प्रतिनिधिसभा सदस्यले अपराह्न ४ तथा राष्ट्रियसभा सदस्यले साँझ ५ बजे हुने भएको छ ।  संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यलाइ सर्लाही क्षेत्र नं २ बाट निर्वाचित ८० वर्षीय ज्येष्ठ सदस्य महेन्द्र राय यादवले प्रतिनिधिसभाका सदस्यलाई शपथ गराउनुहुनेछ भने राष्ट्रियसभा सदस्यलाई नेपाली काँग्रेसका तर्फबाट निर्वाचित ६९ वर्षीया ज्येष्ठ सदस्य तारादेवी भट्टले गराउँने भएको छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट दुवै निकाय अर्थात माथिल्लो सदन र तल्लो सदनका ज्येष्ठ सदस्यले शपथ लिनुपर्ने संवैधानिक व्यवस्था रहेको जनाएको छ ।

प्रतिनिधिसभा तर्फ प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० सदस्य रहेका छन भने राष्ट्रियसभामा प्रत्येक प्रदेश बाट आठ जनाका हिसाबले ५६ जना त्यस्तैगरि सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित ३ जना सदस्य समेत गरि ५९ जना सदस्य रहेका छन ।

स्मरण रहोस : सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित ३ जना सदस्यलाइ शपथ ग्रहण नगराउँन सर्वोच्च अदालतबाट आइतवार अन्तरिम आदेश जारी भएको छ । जस अनुसार अव तत्काललाइ ५६ जना सदस्यले मात्र सपथ लिने सचिवालयले जनाएको छ ।

त्यस लगत्तै यसअघि राष्ट्रपति भण्डारीबाट आव्हानभएअनुरुप संसद्को पहिलो अधिवेशन फागुन २१ गते अपराह्न ४ बजे बस्ने छ । त्यस्तै गरि पहिलो बैठक बसेको १५ दिन भित्र सम्पन्न गर्ने गरि बैठकले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको निर्वाचनको मिति तोक्ने जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031