शुक्रबार, चैत्र १६, २०८०

५६ सिट मध्ये १७ सांसद मनोनयननै क्रममा निर्वाचित, ३९ सिटका लागिमात्र निर्वाचन हुने

काठमाडौं माघ ११, माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनमा १७ जना उम्मेदवारहरु राष्ट्रिय सभा सदस्यका रुपमा मनोनयननै क्रममा निर्विरोध निर्वाचित भएको छन ।   मतदानबाट निर्वाचित हुनुपर्ने राष्ट्रियसभाका ५६ मध्ये १७ जना सांसदहरु बुधबार निर्विरोध भएको हो  ।  बाँकी ३९ सांसदका लागि भने २४ गते बहुमतीय र एकल संक्रमणीय विधिबाट मतदान हुने आयोगले जनाएको छ । आयोगका अनुसार यसरी निर्निरोध निर्वार्चित हुने राष्ट्रिय सभाहरुमा क्रमस प्रदेश १, २, ५ र ७ का सांसदहरु रहेका छन ।

राष्ट्रियसभाका लागि प्रत्येक प्रदेशबाट ३ महिला, १ दलित, १ अपांग वा अल्पसंख्यकका साथै ३ जना खुल्ला प्रतिस्पर्धाबाट गरी कुल ८ जना राष्ट्रियसभा सदस्य हुने संवैधानिक प्रावधान रहे अनुरुप प्रदेश १ मा तीन महिला सदस्यका लागि एमालेकी नैनकला ओझा, माओवादीकी विना पोखरेल र कांग्रेसकी सरिता प्रसाईंको मात्र उम्मेदवारी परे पछि उहाहरु निर्विरोध  निर्वार्चित हनु भएको हो ।

 राष्ट्रियसभाका लागि प्रत्येक प्रदेशबाट ३ महिला, १ दलित, १ अपांग वा अल्पसंख्यकका साथै ३ जना खुल्ला प्रतिस्पर्धाबाट गरी कुल ८ जना राष्ट्रियसभा सदस्य हुने संवैधानिक प्रावधान रहे अनुरुप  प्रदेश १ मा ३  महिला सदस्यका लागि एमालेकी नैनकला ओझा, माओवादीकी विना पोखरेल र कांग्रेसकी सरिता प्रसाईंको मात्र उम्मेदवारी परे पछि उहाहरु निर्विरोध  निर्वार्चित हनु भएको हो ।

 त्यस्तै प्रदेश २ मा पनि मनोनयननै क्रममा शशीकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव र फोरमकी प्रमिला यादवको मात्रै उम्मेदवारी र दलित कोटामा फोरमका रामप्रीत पासवान र अल्पसंख्यकमा राजपा उपाध्यक्ष वृषेशचन्द्र लालको मात्रै उम्मेदवारी परेका कारण उहाँहरु ५ जना पनि निर्वाचित हुनु भएको छ भने अव खुला तर्फ ३ सदस्यको लागि ४ जनाको मनोनयन दर्ता भएका कारण उहाँहरुवीचमात्र निर्वाचन हने भएको छ ।
 त्यस्तै प्रदेश ५ बाट राष्ट्रियसभामाका लागि क्रमस एमालेको तर्फबाट कोमल वली, मीना बुढा र कांग्रेसकी अनिता देवकोटा महिला सदस्यमा निर्विरोध भएका छन् । साथै प्रदेश ७ पनि खुलासदस्य तर्फ  एमालेका शेरबहादुर कुँवर, माओवादीका हरिराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध र महिला तर्फ सदस्य तर्फ एमालेकी इन्दू कडेरिया विष्ट र कमला ओली, कांग्रेसकी तारादेवी भट्ट गरि ६ वजन सदस्य निर्विरोध भएका छन् । प्रदेश न ७मा दलित र अपांग तथा अल्पसंख्यक सिटका लागि मात्र निर्वाचन हुने भएको छ ।

अव प्रदेश ३ , ४ र ६ मा सबै सिट अर्थात ८/८ सदस्यका लागि र प्रदेश १ मा ५, प्रदेश २ मा ३,प्रदेश ५ मा ५, प्रदेश ७ मा २, गरि ३९ सदस्यको मात्र निर्वाचन हने आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।