बिहिबार, बैशाख १३, २०८१

सोमवार राती अनशनस्थलबाटै डा.केसी पक्राउ,आज अदालतमा उपस्थित गराइने

फाइल फोटो

माइतीघर मण्डलामा व्यापक  जनसागर सहितको  प्रदर्शन सुरु

काठमाडौं पुस २५ ,प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई प्रहरीले सोमवार राती   राति ८ बजेपछि महराजगन्जस्थित शिक्षण अस्पतालको अनशनस्थल बाटै पक्राउ गरेको छ । डा.  केसीले सोमवार आमरण अनशन सुरु गर्नु पूर्व पत्रकार सम्मेलन गर्दै दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चकै शाखा अधिकृतले दायर गरेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले अदालतको मानहानि भएको ठहर गर्दै   जारी गरेको पक्राउ पुर्जी अनुरुप पक्राउ गरिएको प्रहरीले जनाउदै आज डा. केसीलाइ आदेशनानुसार अदालतमा उपस्थित गराउने प्रहरीले तयारी गरेको छ ।

 डा केसीले ४ वर्ष अघि बरखास्तमा परेका आइओएमका डिन डा शशी शर्मालाई सर्वोच्चले पुनर्वहाली गरेपछि सोको विरोध गर्दै   नेपालका न्यायालयहरु न्याय दिनेभन्दा पनि न्याय किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुलाई संरक्षण दिने तथा इमान्दारहरुलाई दन्डित गर्ने गिरोहको नियन्त्रणमा रहेको आरोप सहित उहाँले प्रधानन्यायाधीश गोपाल पराजुली ‘भ्रष्ट र माफिया’ भएको आरोप लगाउँदै पराजुलीविरुद्ध लड्नुको विकल्प नभएको जिकिर गर्नु भएको थियो ।   यसैवीच डा केसी पक्राउ प्रकरणमा मुलुकका राजनैतिक दल एमाले , डा बाबुराम भट्टराई, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र लगायतले  केसी पक्राउ प्रकरण  घटनाको    घोर भत्र्सना सहित  गरेको छ ।

o;}jLr  सर्वोच्चको आदेशबाट सोमबार राति डा. केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।  त्यस्तै  डा केसीका   समर्थकले प्रहरीले उहाँलाइ  अदालतमा  प्रस्तुत गर्ने तयारी गरेसंगै  अदालत परिसर नगिच रहेको   माइतीघर मण्डलामा व्यापक  जनसागर सहितको  प्रदर्शन सुरु भएको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।