बिहिबार, बैशाख १३, २०८१

सोमर्सबी एप्पल साइडरको वोतलमा के हो यो ? छि ! यस्तो पनि खानु ! भेटियो ढलजस्तो लेदो !

उपभोक्ताको स्वास्थ माथि ठाडो प्रहार

 विष्णु विष्ट/ काठमाडौं माघ १४ , राजधानीको प्रमुख बजारमा उपभोक्तमाझ निकै लोकप्रियताका साथ रुचाईएको गोर्खा ब्रुअरी प्रालिको सोमर्सबी एप्पल साइडरमा पछिल्लो पटक हेर्दा लेडो र लेउ जस्तो कालो कालो ठोस अखाद्य पर्दाथ भेटिएको छ ।    कृतिम स्वाद र रङ नमिसाइएको पूर्णतया प्राकृतिक, हल्का गुलियो र स्वादिलो पेय पदार्थ भन्दै विक्री वितरण् भइरहेको एप्पल साइडर खरिदको क्रममा भेटिएको यस किसिमले लेडो ,लेउ र कालो चिजका कारण विश्वसनिय कम्पनीको उत्पादनबाटै आम उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड भइरहेको सर्वत्र महसुस गरिएको छ । नेपाली बजारको लागि नौलो प्रस्तुति भनिएको साइडरको २५० मिली प्रति बोतल निर्मल र कञ्चन हुनु पर्नेमा लेउ र लेडो भेटिनु भनेको  उपभोक्ताको स्वास्थ माथि ठाडो प्रहार भएको ति उपभोक्ताले बताए । साथै यस्तो खेलवाद हुँदा समेत सरकोकारवाला निकायबाट नियमन नहुँनु अझ थपआर्शकोविषय भएको जिकिर समेत गरे  । मूल्य रु एक सय तिरेर ति उपभोक्ताले किनेको सोमर्सबी एप्पल साइडरको सवालमा पसलेसंग जिज्ञासा राख्दा यस्तै आउने हो हामीलाइ थाहा छैन भन्ने जस्तो गैरजिम्वारी जवाफ दिएको बुझिएको छ ।

 महिला तथा पुरुष दुवैको लागि उपयुक्त पेय पदार्थ जुन कुनै पनि समयमा पिउन उपयुक्त भनिपनि लेडो, लेउ र अनेकन  चिज विज भेटिएपछि कसरी खानु भन्दै लेडो, लेउ र अनेकन  चिज विज भेटिएको वोतल हामीलाइ उपलब्ध गराइको छ, जुन वोतल हामीसंग सुरक्षित रहेको छ ।

नेपालमा पैसा र पावर भएपछि कानुन त खल्तीमा हुन्छु भन्ने व्यापारीहरुको संख्या ठुलो छ । नेपालको यहि कमजोर कानुनको फाइदा उठाएर उद्योग विभागसँगको मिलेमतोमा सोमर्सबी एप्पल साइडर राजधानीमा लगायतका क्षेत्रमा विक्री वितरण भइरहेको छ । तर यसरि खुल्लमखुल्ला जनस्वास्थ्यमाथि खेलबाड हुँदा पनि नेपालमा कसैले बोल्ने गरेको छैन । नेपालमा कानुनको फितलो अभ्यासको फाइदा उठाउँदै कम्पनीले नेपालीहरुको स्वास्थ्यमाथि खेलबाड गर्ने कहिलेसम्म ?

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।