बिहिबार, चैत्र १५, २०८०

सूचना पाउने अधिकारलाई जनस्तरसम्म पु-याउनुपर्नेमा जोड

सगरमाथा आरोहण गर्ने महिला पत्रकारहरुलाई पूर्ण सफलताको शुभकामना

काठमाडौं माघ ७, नेपाल पत्रकार महासंघले आज आयोजना गरेको ‘सूचनाको हकमा महिला पत्रकारको पहुँच विषयक अन्तक्र्रियामा राष्ट्रिय सूच���ा आयोगका आयुक्त तथा प्रवक्ता यशोदा तिम्सिनाले सार्वजनिक सरोकारका विषयमा सूचना पाउने नागरिकको अधिकारलाई जनस्तरसम्म पु-याउनुपर्नेमा जोड दिदै सगरमाथा आरोहण गर्ने महिला पत्रकारहरुलाई पूर्ण सफलताको शुभकामना दिनु भएको छ ।

त्यस्तै आमसञ्चार नीति– २०७३, उच्चस्तरीय कार्यान्वयन समितिका सदस्य बबिता बस्नेतले समाजको विकासमा पत्रकार महिलाको महत्वपूर्ण योगदान रहेको भन्दै यसको निरन्तरताका लागि क्रियाशिल रहन आग्रह गर्नु भएको उक्त कार्यक्रममा महासंघका निवर्तमान उपाध्यक्ष अनिता बिन्दुले सगरमाथा आरोहण गर्ने पत्रकार महिलाहरुलाई शुभकामना दिदै, व्यवहारमा सूचनाको हकको कानुन पत्रकारहरुका निम्ति मात्रै देखिएको भएतापनि यसलाई आम नागरिकको अधिकारका रुपमा व्यवहारमा उतार्नुपर्ने धारणा राख्नुभएको थियो ।

यसैवीच नेपाल पत्रकार महासंघ महिला विभाग संयोजक लक्ष्मी पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सगरमाथा आरोहण गर्ने ७ जना महिला पत्रकारहरु क्रमस देउराली चाम्लिङ, रोसा बस्नेत, प्रिया लक्ष्मी कार्की, रोजिता बुद्धाचार्य, कल्पना महर्जन, पूर्णिमा श्रेष्ठ, डोमा शेर्पालाइ महासंघ केन्द्रमा आज शुभकामना तथा सम्मान गर्दै महासंका उपाध्यक्ष दिलिप थापामगरले सगरमाथा आरोहण गर्ने महिला पत्रकारहरुलाई शुभकामना दिदै पत्रकारहरुको यस कदमले सगरमाथा आरोहणको विषयमा सञ्चार जगतमा राम्रो स्थान पाउन सक्ने बताउनु भएको थियो ।
त्यस्तै गरि महासंघका महासचिव रमेश विष्टले सगरमाथा आरोहण गर्ने पत्रकारहरुलाई शुभकामना दिदै महासंघले यस अभियानलाई समर्थन गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न महासंघ तयार रहेको जनाउ दिनु भएको थियो ।

कार्यक्रममा महिला वालबालिका तथा समाजकल्या मन्त्रालयका उपसचिव महेश्वरी विष्ट, सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव संगिता ओझा, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष टिका विष्ट, नेपाल प्रेस यूनियनका केन्द्रीय उपमहासचिव सलोजा दाहाल , प्रेस सेन्टर नेपाल केन्द्रिय सचिव रुबि श्रेष्ठ, चलचित्र निर्देशक समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ, यूएन वीमेनका रणनितीक साझेदार संयोजक शरु जोशी श्रेष्ठ लगायतले शुभकामना दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।