बिहिबार, बैशाख १३, २०८१

सुमोको ठक्करबाट स्कुटी चालक भण्डारीको मृत्यु

काठमाडौं माघ ६,   ना१ज ३३७५ नंको टाटा सुमोको ठक्करबाट गए राति स्थानीय फर्पिङमा स्कुटर चालक दक्षिणकाली नगरपालिका वडा नं ६ बस्ने २७ वर्षीया एलिसा भण्डारीको मृत्यु भएको छ ।  कुलेखानीबाट काठमाडौँ आउँदै सुमोले बा५७प ३०७८ नंको स्कुटरलाई ठक्कर दिँदा उक्त घटना भएको महानगरीय प्रहरी प्रभाग फर्पिङले जनाएको छ ।

प्रहरीका अनुसार  तीव्र गतिमा गुडिरहेको सुमोले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी भण्डारीको उपचारका क्रममा आज बिहान २ः३० बजे बयोधा अस्पतालमा निधन भएको जनाउँदै सुमोसहित चालकलाई महानगरीय प्रहरी प्रभाग फर्पिङले नियन्त्रणमा लिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।