शुक्रबार, बैशाख ७, २०८१

सुन्दरादेवी म्युजिक अवार्डको फर्म खुल्ला

काठमाडौ माघ १ , नेपाली गीत संगीत हाम्रो पहिचान, सञ्चार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान ’ भन्ने मूल नाराको साथ आगामी ज्येष्ठ महिनामा हुने ‘चौथो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७५’ को फर्म खुल्ला भएको छ ।  चलचित्र, आधुनिक, पप र लोकदोहोरी तर्फबाट ३३ विधामा अवार्ड प्रदान गरिने आयोजक समितिका अध्यक्ष किरण अधिकारी र सदस्य सचिव मनोज थापाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । नुवाकोटबाट प्रकाशित हुने सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनमा हुने यो अवार्ड चौथो संस्करणको हो । कार्यक्रमको व्यवस्थापन रेस्पोन्सिभ मिडिया प्रा.लि. काठमाडौं गर्ने भएको छ ।

अवार्डमा चलचित्रतर्फ गीतकार,संगीतकार, गायक, गायिका, त्यसैगरी आधुनिक तर्फ गीतकार,संगीतकार, गायक, गायिका, नव गायक, नव गायिका, भिडियो निर्देशक, छायाँकार, भिडियो सम्पादक, मोडल पुरुष, मोडल महिला रहेका छन् । पप गीत तर्फ गीतकार,संगीतकार, गायक, गायिका, भिडियो निर्देशक त्यसैगरी लोक दोहोरी तर्फ शब्द, लय, गायक, गायिक, मोडल पुरुष, मोडल महिला, भिडियो निर्देशन, भिडियो, छायाँकार, भिडियो सम्पादक, नव गायक र नव गायिका विधाहरु रहेका छन् । देशभरका कलाकर्मीहरुले यस अवार्डमा सहभागी हुन सक्नेछन् ।

अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु-याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने दुई जना पत्रकारलाई नगदसहित सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु