शुक्रबार, चैत्र १६, २०८०

सामाजिक परिचालक विरुद्ध मुद्दा दायर , घुस लिदैगर्दाको अवस्थामा सुपरभाइजर पक्राउ

काठमाडौ पुस १७,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा उपमहानगरपालिकाका सामाजिक परिचालक अनिला गुरुङविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार गाउँ–नगर साझेदारी कार्यक्रमको रकम हिनामिना गरेको अभियोगमा गुरुङविरुद्ध मुद्दा दायर गरेको उल्लेख गरिएको छ ।

आयोगका अनुसार सामाजिक परिचालक गुरुङले गाउँ–नगर साझेदारी कार्यक्रमको रु दुई लाख १२ हजार ५४७ रकम कार्यालयमा दाखिला नगरी अपचलन गरेको अनुसन्धानबाट खुलेको जनाउँदै निजसंग बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।

यसैवीच आयोगले आज नेपाल विद्युत् प्राधिकरण काभ्रेपलान्चोक पाँचखालका सुपरभाइजर दिनेश थापालाई रु २५ हजार घुस लिँदालिँदै कार्यालय परिसरबाटै पक्राउ गरेको छ । विद्युत् पोल विस्तारका क्रममा सेवाग्राहीसँग घुस माग्दामाग्दै सुपरभाइजर थापालाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।