शुक्रबार, बैशाख ७, २०८१

शितलहर प्रभावित तराईका २२ जिल्लामा रु १० लाख बराबरको न्यानो सामग्री वितरण गर्ने सरकारको निर्णय

काठमाडौ पुस २४ विगत केहि साता यतादेखि मौसमा आएको परिवर्तनसंगै देशैभरको जनजिवन प्रभावित भएको र यसमध्येपनि प्रदेश न १,२,३,४,५ र ७ अन्र्तगत तराईका २२ जिल्ला क्रमस झापा , सप्तरी सर्लाही उदपुर, पर्सा, सिरहा, महोत्तरी, बारा, पर्सा ,बाँके बर्दिया ,कैलाली कञ्चनपुर. कपिपलवस्तु ,दाङ ,धनुषा अधिक प्रभावित भएको जनाउदै मन्त्रालयले प्रभावित प्रत्येक जिल्लामा रु १० लाख बराबरको कम्बल, दाउरालगायत न्यानो सामग्री वितरण गर्ने निर्णय गरेको जनाएको छ।

प्रधानमन्त्रीको निर्देशनमा शीतलहर प्रभावित जिल्लामा तत्काल उक्त राहत वितरण गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता नारायण प्रसाद दुवाडीद्दारा आज जारी विज्ञप्तिमा उल्लेख गर्दै आजमात्रै मौज्दातमा रहेका कम्बललगायत सामग्री पनि तत्काल उक्त जिल्लामा पठाउने तयारी गरेको जनाएको छ ।

 त्यस्तै मन्त्रालयले जिल्लास्थित स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिसमा उक्त राहत वितरण गर्न निर्देशनसमेत दिएको छ । साथै विज्ञप्तिमा शीतलहरका कारण ज्यान गुमाएका नागकिहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजन प्रति समवेदना व्यक्त गरेको छ ।
साथै मन्त्रालयले तराईमा विद्यालयललगायत सार्वजनिक भवनमा बालबालिका र ज्येष्ठ नागरिकलाई न्यानोमा राख्न अस्थायी ‘सेल्टर’ खडा गर्न सम्बन्धित जिल्लालाई निर्देशन दिनुको अलावा स्थानीय विपद व्यवस्थापन समितिसंग समन्वय गरी चोकचाकेमा आगो ताप्ने व्यवस्था मिलाउँन भनेको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु