शुक्रबार, बैशाख ७, २०८१

शितलहरका कारण तराइको जनजीवन दिनानुदिन कष्टकर बन्दै

 मनाङमा १६ र कर्णालीमा तापक्रम माइनस ८ डिग्री मापन

काठमाडौं पुस २४, पश्चिमी वायुको प्रभावसँगै जम्मु कास्मिर हुँदै हिमालमाथिबाट हावा आएका कारण अहिले राजधानी लगायत देशभर आज नि अधिक चिसोको अनुभव गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शीतलहरले तराई पूर्णरुपमा कठ्यांग्रिएको जनाएको छ । शीतलहरका कारण तराइमा कयन व्यक्तिको ज्यान समेत गइसकेको छ । शितलहरका कारण अहिले त्यहाँको जनजीवन दिनानुदिन कष्टकर बन्दै गइरकेका बताईएको छ ।

यसैवीच देशभरि नै चिसो शितलहरको सकस बढ्दै गरेको अवस्थामा मनाङमा माइनस १६ डिग्री तापक्रम मापन गरेको छ । जसका कारण त्हाके पिउने पानीका मुहान र खोलामा समेत वरफ जमेको थाहा भएको छ ।  त्यस्तै कर्णालीमा पनि बढ्दो शीतलहरसंगै स्थानीय छ । तापक्रम घटेर माइनस ८  डिग्री पुगेका प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  अत्यधिक चिसो बढेपछि त्यहाँका बासिन्दा घरबाट बाहिर निस्कन समेत नसकेको बताईएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु