शुक्रबार, बैशाख ७, २०८१

वाइसिएलले न्यानो कपडा बाँड्ने

काठमाडौं पुस २८,  तराईमा जाडोले कठ्याङिग्रएर दर्जनौंको ज्यान गइरहेको र कयौं मानिसहरु शितलहरले बिरामी भइरहेको अबस्थामा नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपालले   राहत वितरण गर्ने भएको छ ।  वाइसिएलले जाडोबाट बच्नका लागि तराईका जिल्लाहरुमा न्यानो लिएर जान लागेको बताएको छ ।

‘तपाइँ कम्बल दिएर सहयोग गर्नुस् हामी न्यानो लिएर जाँदैछौ भन्ने मूल नाराका साथ राहत वितरण गर्न लागेको वाईसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बताए । ‘हामी संगठन बनाएर मात्र बस्दैनौं’ दीपशिखाले भने ‘संगठनबाट सामाजिक काम पनि गर्छौ ।’   राहत संकलनका लागि वाइसिएलले विभिन्न व्यक्ति र संघसंस्थाहरुलाई आब्हान गरेको छ । राहत संकलनका लागि माघ ३ गतेसम्मको समयसिमा वाइसिएलले तोकेको छ । यो अवधिभित्र सबैले राहत सामाग्री दिएर सहयोग गर्न वाइसिएलले आग्रह गरेको छ ।   यसअघि वाइसिएलले तराईका बाढी पीडितहरुलाई राहत वितरण समेत गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु