बुधबार, बैशाख १२, २०८१

  लामाको ‘आउन माया आउ सार्वजनिक

काठमाडौं पुस २४ ,  गायक रञ्जित लामाको ‘आउन माया आउ’ बोलको गीतको म्युजिक भिडियो यसै साता सार्वजनिक भएको छ । विगत ५ वर्षदेखि संगीत क्षेत्रमा सक्रिय गायक लामा देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रम मार्फत आफ्नो गायन कला प्रस्तुत गर्दै आइरहेका छन ।

प्रारम्भ भाग–३ मा संग्रहित लामाको यस गीतमा सञ्जिव सिंहको शब्द संगीत रहेको छ भने सुदिप सिंहको एरेन्ज रहेको छ । त्यस्तै धनजित लामा र प्रिया लिम्बुको अभिनय रहेको छ । रायन काकीको निर्देशन रहेको भिडियोलाई प्रेम लामाले छायांकन गरेका छन् भने प्रविण श्रेष्ठको सम्पादन रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।