बुधबार, बैशाख १२, २०८१

राष्ट्रिय सभासदस्यको निर्वाचनका लागि उम्मेदवारी दर्ता बुधवार,दलहरु उम्मेदवार चयनमा व्यस्त

काठमाडौ माघ ९, निर्वाचन आयोगले राष्ट्रिय सभासदस्यको निर्वाचनका लागि बुधवार उम्मेदवारी दर्ता गर्दै छ । उम्मेदवारी दर्ता गर्ने समय नजिकिँदै गर्दा दलहरु उम्मेदवार चयनमा व्यस्त भएका छन् । नेकपा एमालेले तीन वटा प्रदेशका उम्मेदवार टुंग्याएको छ भने नेपाली काँग्रेस , नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले आज उम्मेदवारको टुंगो लगाउने तयारी गरिरहेका छन् ।

 यसैवीच वाम गठबन्धनका अन्र्तगत एमाले र माओवादी केन्द्रले आ–आफ्नो दलले पाउने सिट संख्या समेत मिलाइसकेको अवस्थामा सत्तारुढदल काँग्रेस भने मधेसवादी दलसंग तालमेल गर्ने नाममा सिट संख्याको खाका बनाउदैछन ।

त्यसैगरी वाम गठबन्धनको भागवण्डामा माओवादीले प्राप्त गरेको १४ सिट मध्ये प्रदेश ३ को खुलातर्फ परेको एक सिटमा राम बहादुर थापा लाई पठाउने तयारी भइरहेको सम्वद्ध स्रोतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।