शनिबार, बैशाख ८, २०८१

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यि हुन माओवादीका उम्मेदवार

गठबन्धन अनुरुप नेकपा एमालेले गर्यो प्रदेश नं ५ ,६ र ७ को लागि उम्मेवार छनौट,
बाँकी प्रदेश न १,२,३ र ४ को लागि उम्मेदवार छनौट गर्दै

काठमाडौं माघ ९,   नेकपा माओवादी केन्द्रको सोमवार बसेको प्रदेश इन्चार्जसहित शीर्ष नेताको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्म्ेदवार छनौट गर्ने जिम्मा दिएअनुरुप पार्टी अध्यक्ष  प्रचण्डको निवास खुमलटारमा आज बसेको नेतात्रयको बैठकले नेता रामबहादुर थापा र दीनानाथ शर्मा सहित १३ जनाको उम्मेदवारी तय गरेको छ ।  प्रस्तुत निर्वाचनमा वाम गठबन्धन अन्र्तगत नेकपा एमाले र माओवादीले संयुक्तरुपमा उम्मेदवार दिने सवालमा भएको सहमति अनुरुप एमालेले २९ र माओवादी केन्द्रले १४ उम्मेदवार उठाउने निर्णय गरेको छ ।

यि हुन माओवादी केन्द्रको तर्फछनौट भएका उम्मेदवारहरु :

प्रदेश नम्बर–१ बिना पोखरेल (महिला) 
प्रदेश नम्बर–२   शशिकला दाहाल (महिला)  छनोट गरिएको छ ।
एक उम्मेदवार छनोट हुँन बाँकी रहेको ।
प्रदेश नम्बर–३   रामबहादुर थापा (खुला)  र गंगा पराजुली (महिला)
प्रदेश नम्बर–४   दीनानाथ शर्मा (खुला), खिमकुमार विक (दलित)
प्रदेश नम्बर–५   राजकुमार कुँवर (अल्पसंख्यक र अपांग) र चन्द्रबहादुर खड्का (खुला) ,
प्रदेश नम्बर–६   जीवन बुढा (अपांग र अल्पसंख्यक), युटुल लामा (महिला) र कालीबहादुर मल्ल (खुला)  
प्रदेश नम्बर–७   लालीराम लोहार (दलित) र हरिराम चौधरी (खुला) लाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

यसैवीच वाम गठबन्धन अन्र्तगत नेकपा एमालेले प्राप्त गरेको २९ सिट मध्ये प्रदेश नं ५ ,६ र ७ का लागि भने उम्मेदवार छनौट गरिसकेका छन भने बाँकी ३   प्रदेश क्रमस १,२,३ र ४ का लागि आज साँझ सम्म उम्मेदवार छनौट गर्ने योजना अनुरुप एमाले अध्यक्ष केपी ओलीको निवासमा बैठक बस्दै गरेको छ ।

एमाले तर्फका उम्मेदवार : ‘UPDATEED

प्रदेश नम्बर–१  नैनकला ओझा (महिला), मोरङ,खेम नेपाली (दलित), मोरङ,हरिचरण शिवाकोटी (खुला), झापा,परशुमेघी गुरुङ (खुला), संखुवासभा,अगम बान्तवा (अल्पसंख्यक), इलाम

प्रदेश नम्बर–२    सुमन प्याकुरेल (खुला), सप्तरी

प्रदेश नम्बर–३    पार्वती रावल (महिला), चितवन,उदया शर्मा (महिला), काठमाडौं, सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
वलराम बाँस्कोटा (खुला), काठमाडौं,बेदुराम भुसाल (खुला), काठमाडौं,रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर

प्रदेश नम्बर–४ रामबहादुर थापा (अपांगता), स्याङ्जा, गणेश तिमिल्सिना (खुला), पर्वत, शान्ति अधिकारी (महिला), बाग्लुङ
दीपा गुरुङ (महिला), लमजुङ

प्रदेश नं ५   रामलखन हरिजन (दलित) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बाट खिमलाल भट्टराई (खुला) रुपन्देही, मीना बुढा (महिला) रोल्पा र कोमल वली (महिला) दाङलाई उम्मेदवार बनाइएको छ।
प्रदेश नं ६   कविता बोगटी (महिला) हुम्ला, नन्दा शर्मा (महिला) सुर्खेत, नरपति लोहार (दलित) कालीकोट, भैरवसुन्दर श्रेष्ठ (खुला)  जाजरकोट, ठगेन्द्र पुरी (खुला) पश्चिम रुकुमलाई उम्मेदवार बनाइएको छ ।
प्रदेश नं ७ कमला ओली (महिला) कैलाली, इन्दु कडेरिया विष्ट (महिला) कञ्चनपुर, शेरबहादुर कुँवर (खुला) अछाम र चक्रप्रसाद स्नेही (दलित) डडेल्धुरालाई उम्मेदवार बनाइने भएको छ ।

   तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।