बिहिबार, बैशाख ६, २०८१

राष्ट्रियसभा सदस्य निर्वाचन: उम्मेदवारको अधिकतम निर्वाचन खर्च तीन लाख ५० हजार

काठमाडौ पुस ३० निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०७४ मा भाग लिने उम्मेदवारले निर्वाचनको प्रचार प्रसारमा गर्न पाउने अधिकतम खर्चको सीमा तोकेको छ । आयोगको आज बसेको बैठकले निर्वाचन खर्चको अधिकतम हद रु तीन लाख ५० हजार तोक्ने निर्णय गरेको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 त्यस्तै विज्ञप्तिमा उम्मेदवारले मतदाता नामावली पुस्तिका खरिदमा एक हजार, सवारीसाधनमा रु ७० हजार, सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दाना समेत)  रु १० हजार, प्रचार प्रसार सामग्री रु १४ हजार ५००, ढुवानी रु १० हजार, गोष्ठी/अन्तरक्रियामा रु एक लाख, अन्य प्रचार/प्रसार, छापा एवं विद्युतीय माध्यममा रु १४ हजार ५००, कार्यालय सञ्चालन रु ७० हजार, प्रतिनिधि परिचालनमा ३० हजार र विविध शीर्षकमा ३० हजार खर्च गर्न पाउने गरी आयोगले खर्चको अधिकतम सीमा तोकेको छ ।

यसैगरी, आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘अल्पसंख्यक समुदाय’को विवरण तोकी अविलम्ब नेपाल राजपत्रमा सूचना प्रकाशनसमेत गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ ।  आयोगको आजैको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको आधिकारिक दस्तखत नमुना माघ ३ गतेसम्ममा पठाउन राजनीतिक दलहरुलाई सूचित गर्ने निर्णय गरेको जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु