शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली प्रकाशित

 काठमाडौ माघ ७,  आगामी माघ २४ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनको प्रयोजनको लागि निर्वाचन आयोगले आज मतदाता नामावली आज प्रकाशित गरिएको छ ।

आयोगद्दारा आज जारी विज्ञप्तिमा सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालय क्रमस प्रदेश नं १ मा मोरङ जिल्लाको विराटनगर, प्रदेश नं २ को धनुषाको जनकपुरधाम, प्रदेश नं ३ को ललितपुर , प्रदेश नं ४ को कास्कीको पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै राष्ट्रियसभा सदस्य निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ५०६ तथा ५५० प्रदेशसभा सदस्य गरी कूल दुई हजार ५६ जना मतदाता रहेका विज्ञप्तिमा जनाईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।