शनिबार, बैशाख ८, २०८१

राष्ट्रियसभाको निर्वाचनका लागि आयोगमा २१ दल दर्ता, प्रदेश प्रमुख नियुक्ति गर्न सरकारसँग आग्रह

 काठमाडौ पुस २८, आसनन राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन आयोगमा २१ वठा राजनीतिक दलले दल दर्ता गराएका छन् । संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनुपर्ने व्यवस्था अनुसार   आयोगद्दारा दल दर्ताका लागि १५ दिनेसमयसिमा सहित आह्वान गरे अनुरुप राष्ट्रियसभाका लागि यही पुस १४ देखि २८ गतेसम्म दिइएको दल दर्ता समयमा २१ वटा पार्टीले दर्ता गराएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

  त्यस्तै विज्ञप्तिमा उल्लेख भए अनुसार आयोगमा नेकपा एमाले , नेपाली काँग्रेस, माओवादी केन्द्र , संघीय समाजवादी फोरम नेपाल  नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, राष्ट्रिय जनमोर्चा, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक , विवेकशील साझा पार्टीसमेत रहेका छन् ।

त्यस्तै गरि नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन समाजवादी नेपाल, गान्धिवादी पार्टी नेपाल, नेपाली जनता दल र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टीलेसमेत दल दर्ता गराएको उल्लेख गरिएको छ ।

यसैवीच आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति घोषणा भई निर्वाचन कार्य तालिकासमेत प्रकाशित भइसकेको जना दिदै प्रदेश प्रमुख नियुक्ति गर्न सरकारसँग आग्रह गरेको छ ।   प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीको नतिजा प्रदेश प्रमुखसमक्ष बुझाउनु पर्ने व्यवस्थाको कार्यान्वनको लागि आयोगको आज बसेको बैठकलेले सरकारसँग यस्तो  आग्रह गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।