शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रपति भण्डारीले बिहान ११ः१७ को शुभसाइतमा वसन्त श्रावण गर्नुहुने

काठमाडौं माघ ८, प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासगै आजको दिन राजधानीको हनुमानढोका दरबारस्थित नासल चोकमा वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ठ व्यक्ति त्यहाँ पुगी वसन्त श्रवण गर्ने परम्परा अनुरुप आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबार परिसरमा आज बिहान ११ः३५ बजेको शुभसाइतमा वसन्त श्रवण गरी टीका प्रसाद ग्रहण भएको छ ।

समारोहमा राष्ट्रपतिसमक्ष हुनमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुको अलावा नेपाली सेनाको टोलीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गरे परम्परा रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।