शुक्रबार, बैशाख १४, २०८१

रानीपोखरी पुनःनिर्माणका लागि विज्ञ समुहले माग्यो सर्वसाधारणसंग सुझाव

काठमाडौ पुस   १८,  काठमाडौँ महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणका सम्बन्धमा गठित विज्ञ समूहको सोमबार बसेको पहिलो बैठकले सर्वसाधारणसँग पनि सुझाव लिने निर्णय गरे अनुरुप सर्वसाधारणसँग आजदेखि पाँच दिने समयसिमा तोक्दै सुझाव माग गरेको छ ।

रानीपोखरी पुनर्निर्माणको क्रममा श्रेखलागत विवादको थालनी भएपछि गत पुस १३ गते महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ , राष्ट्रिय पुनर्निमाण प्राधिकरणका सचिव र पुरातत्व विभागका महानिर्देशक समेतको उपस्थितीमा बैठकले पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीको र्संयोजकत्वमा गडित उक्त ११ सदस्यी समतिका सदस्यहरु भवन विभागका पूर्व महानिर्देशक सूर्यभक्त स्र्वागाछे, राष्ट्रिय पूनर्निमाण प्राधिकरणका महाशाखा प्रमुख राजु मानन्धर,संस्कृतिविद सुदर्शनराज तिवारी, पुरातत्व विभागका स्ट्रक्चरल इन्जिनियर पुरुषेत्तम डंगोल, संस्कृतविद काशीनाथ तमोट,  वडा न २७ र २८ का वडाध्यक्ष कामपाका प्रशासकीय अधिृकत लगायत व्यक्तित्वहरु रहेको विज्ञ टोली गठन गरेको थियो ।

विज्ञ टोलीका सदस्य सचिव समेत रहेका कामपाका प्रशासकीय अधिकृत धनीराम शर्माका अनुसार आजदेखि ५ दिनका लागि सुझाव दिन खुला गरिएको छ । यस अवधीमा सर्वसाधारणले रानीपोखरी पुनःनिर्माण सम्बन्धमा आफ्ना धारणा वा सुझाव दिन सक्ने जनाएको छ । त्यस्तै सुझावका लागि सर्वसाधारणले विज्ञ समूहको सचिवालय राष्ट्रियसभा गृहमा , इमेल र फोनमार्फत आफूलाई लागेको कुरा सुझावका रूपमा दिन सक्ने जनाएको छ ।

  तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।