बुधबार, बैशाख १२, २०८१

राजनैतिक पृष्ठभुमि भन्दा वाहिरका प्रदेश प्रमुख तोकेर प्रादेशिक सांसदको शपथ गराउने सरकारको तयारी

काठमाडौं पुस २३, कानुनमन्त्री यज्ञबहादुर थापाले सोमवार बस्ने मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेश प्रमुख नियुक्त गर्ने बताएका छन् । माघ २४ गते राष्ट्रियसभा चुनाव तय भइसकेकाले सोमबार बस्ने मन्त्रिपरिषद्बाट प्रदेश प्रमुख तोकेर प्रादेशिक सांसदको शपथ गराउने सरकारको  तयारी रहेको   बताउँनु भएको  छ ।
त्यस्तै उहाँले यसवीचमा प्रदेस सभाको राजधानीको सवालमा भने सरकारले राजधानी बनाउने र नागरिकले भत्काउने कार्य ठीक नहुने भन्दै यसको लागि सहमति जुटाउन कोसिस भइरहेको बताउँनु भएको छ । तर सहमति नजुटे प्रदेशको अस्थायी राजधानी तोक्ने काम नगर्ने जनाउ दिनु भएको छ ।
त्यस्तै सरकारले सोमवार बस्ने मन्त्रीपरिषद बैठकबाट प्रदेश प्रमुख तोक्ने तयारी अन्र्तगत राजनैतिक पृष्ठभुमि   भन्दा वाहिरको व्यक्तित्वहरु क्रमस त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, पूर्वप्रधानसेनापति रुक्मांगत कटवाल, सर्वोच्च अदालतका पूर्वन्यायाधीश रामनगिना सिंह, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल लगायतको हिटलिष्टमा राखेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।