बिहिबार, चैत्र १५, २०८०

राजधानीको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियस :मौसम पूर्वानुमान महाशाखा

शीतलहरका कारण कठाङ्ग्रिएर ३ जनाको मृत्यु

काठमाडौं पुस २३,  पश्चिमी वायुको प्रभावसँगै जम्मु कास्मिर हुँदै हिमालमाथिबाट हावा आएकाले काठमाडौंलगायत देशभर आज नि अधिक चिसोको अनुभव गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहानको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्ष कै कम भएको महाशाखाले जनाएको छ । यसअघि शुक्रबार १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो भने शनिबारको न्यूनतम तापक्रम एक दशमलव ६ डिग्री सेल्सियस पुगेको थियो ।

यसैवीच तराइ क्षेत्रमा बढ्दो शीतलहरका कारण कठाङ्ग्रिएर ३ जनाको मृत्यु भएको छ । दुई सातादेखि लगातार चलेको शीतलहरका कारण मृत्यु हुनेमा क्रमस धनगढीमाई नगरपालिकाका ५५ वर्षीय रामरतन महतो र गोलबजार नगरपालिका ४ का शम्भु साहका ६ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुरका ७० वर्षीय रामप्रसाद महतो रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै जाडो बढेसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ । अति आवश्यक काम बाहेक स्थानीय कोही बाहिर निस्कन समेत नसकेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।